काठमाण्डौ । आज तीन कम्पनीहरुको लाभांस कम्पनी सुरक्षि गर्ने अन्तिम दिन रहेको छ । कम्पनीहरुले साधारण सभा प्रयोजनका लागि भोलीका लागि बुकक्लोज मिति तय गरेका छन ।
महालक्ष्मी विकास बैंक, निर्धन उत्थान लघुवित्त र नेपाल हाइड्रो डेभलोपर्सले मंगलबारको लागि बुकक्लोज मिति तय गरेका छन । । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
महालक्ष्मी विकास बैंकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र लाभांशमा लाग्ने कर सहित १।०५ प्रतिशत अर्थात तीन करोड ५१ लाख ८३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।
त्यसैगरी, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न पुस २५ गते, आइतबार केन्द्रिय कार्यालय, नक्सालमा तेइसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा दिनको १ बजे भर्चुअल माध्यमबाट सञ्चालन गरिनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको २९।५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १।५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले अधिकृत पूँजी २ अर्ब ५० करोडबाट बढाएर ३ अर्ब पुर्याउने, लघुवित्तको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिका सदस्यहरुको मनोनयन अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
नेपाल हाइड्रो डेभलपरले लाभांश पारित गर्न १५ औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले पुस २८ गते दिउसो ३ बजे कम्पनीको रजिष्टर्ड कार्यालयबाट र्भच्युअल माध्यमबाट साधारण सभा बोलाएको हो।
कम्पनीले सााधारणबाट गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ७ प्रतिशत बोनस शेयर र ०।३६८४ प्रतिशत नगद लाभांश पारित गर्नेछ। यस्तै, कम्पनीले जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्नको लागि प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।