काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार नाघेको छ । इटलीमा मात्रै १२ हजार ४ सय २८ जनाले ज्यान गुमाएका छन् ।
स्पेनमा ८ हजार २ सय ६९ जना, अमेरिकामा ३ हजार ४ सय ८, चीनमा ३ हजार ३ सय ५, फ्रान्समा ३ हजार २४ र इरानमा २ हजार ८ सय ९८ जनाले ज्यान गुमाएका छन् ।
इटलीमा आज एकैदिनमा ८ सय ३७ र स्पेनमा ५ सय ५३ जनाको मृत्यु भएको छ ।