काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
कम्पनी सञ्चालक समितिको मंगलबार सम्पन्न बैठकले आर्थिक वर्ष ७७र७८ को नाफाबाट चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने १० करोड २८ लाख १९ हजार ८२४ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
गत असोज २५ गतेबाट जनकपुर लघुवित्तलाई प्राप्ति गरि एकीकृत कारोबार सुरु गरकोले कम्पनीको बोनसमा कर छुट भएकोले नगद लाभांश प्रस्ताव गरेको छैन ।
प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।
हाल चुक्ता पूँजी ४१ करोड १२ लाख ७९ हजार २९७ रुपैयाँ रहेको कम्पनीको २५ प्रतिशत बोनस वितरणपछि ५१ करोड ४१ लाख रुपैयाँ पुग्नेछ ।
अघिल्लो आव २०७६र७७ बाट कम्पनीले १९।००५७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । समीक्षा अवधिमा ६ प्रतिशतले लघुवित्तको बोनस बढेको हो ।