बेलायतका प्रधानमन्त्रीलाई कोरोना संक्रमण भएको पुष्टि

लण्डन । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पनि भएको छ ।

जोनसनले ट्वीटरमार्फत यसबारे जानकारी दिएका छन् । जसमा उनले आफूलाई पछिल्लो २४ घन्टामा ज्वरो आउनुका साथै खोकी लागेको बताउँदै चिकित्सकको सल्लाहअनुसार परीक्षण गर्दा नतिजा पोजेटिभ पाइएको उल्लेख गरेका छन् ।

उनी अहिले सेल्फ–आइसोलेसनमा रहेको र घरमै बसेर आवश्यक सरकारी कामकारबाही गरिरहेको समाचारमा जनाइएको छ ।
बेलायतमा शुक्रबारसम्म ११ हजार ६५८ जनामा कोरोनाको पुष्टि भइसकेको छ भने यसबाट ५७८ जनाको मृत्यु भइसकेको छ। यस्तै १३५ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया