कपिलवस्तुमा दाजुभाईको डुबेर मृत्यु

बुटवल । शुक्रबार दिउँसो कपिलवस्तुमा माछा पोखरीमा डुबेर एकै परिवारका दुई दाजुभाईको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका वडा नम्वर ८ वेलहवा स्थित तरवेज धनियाका १२ वर्षीय छोरा सलमान धुनिया मुसलमान र उनका १० बर्षीय भाई अरमान धुनियाको पोखरीमा डुबेर मृत्यु भएको हो ।

गाउँ नजिकै रहेको सामुदायिक माछा पालन केन्द्रको पोखरी छेउमा खेल्न गएको बेला भाई चिल्एिर पोखरीमा खसेको र उनलाई बचाउन खोज्दा दाजु सलमान सहित दुबै भाईको मृत्यु हुन पुगेको स्थानीयवासीले जानकारी दिएका छन् ।

अचेत अवस्थामा जिल्ला अस्पताल तौलिौहवा लैजाँदै गर्दा उनीहरुको बाटैमा मृत्यु भएको कविलवस्तुका प्रहरी प्रबत्ता डिएसपी सुनिल मल्लले जानकारी दिए । ‘अन्य कुराहरु भर्खर मैले टिप्दै छु’ डिएसपी मल्लले भने, ‘ति दाजुभाई बालकहरुको पोखरीमा डुबेर मृत्यु भएको हो ।’ उनीहरुको शव सोही अस्पतालमा राखिएको जनाइएको छ ।

प्रतिक्रिया