सिल्क एयरको लफडा: सबै यात्रु झारियो, १ जना क्वारेनटाइनमा

सिल्क एयरमार्फत सिंगापुरबाट काठमाडौं आएका यात्रुमध्ये १ जनालाई क्वारेनटाईनमा राखिने भएको छ ।

शनिबार राति प्रतिवन्धित देश नेदरल्याण्डको प्यासेन्जरसमेत लिएपछि सबै यात्रुलाई करिव २ घण्टा विमान भित्रै राखिएको थियो । `केही प्राविधिक समस्या थियो, अहिले सबै झरिसक्नु भएको छ ´ वरिष्ठ अध्यागमन सहायक प्रमुख योगराज रजौरे शिलापत्रसँग भने ।

विमानमा एक जना यात्रु रोक लगाइएको देशबाट परेको कारण समस्या परेको थियो । नेपाली मुलका नेदरल्याण्डको नागरिकलाई लिएको कारण समस्या परेको उनले बताए ।

`रेस्टिकेट कन्ट्रीको पनि लिएको कारण समस्या परेको हो´ उनले भने ` १ जनालाई क्वारेनटाइनमा राखेर अन्यलाई छोड्ने कुरा भएको छ ।´

शनिबार नै थाई र एयर इन्डियाबाट आएका ६१ जनालाई भने भक्तपुरको खरिपाटी क्वारेनटाइनमा राखिएको छ ।

प्रतिवन्धित देशबाहेक अन्य देशबाट आएका नागरिकलाई सहज आवत जावत दिइएको विमानस्थल कार्यालयले जनाएको छ ।

९ चैत देखि १८ चैतसम्म भने सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लगाइएको छ ।

प्रतिक्रिया