तीन महिनाको घरभाडा नलिने लामिछानेको घोषणा

काठमाडौं, ८ चैत । काठमाडौँ कलंकी घरमा भएका हरिहर लामिछानेले आफ्नो घरमा भाडामा बस्नेहरुका लागि चैत्र १ देखि ३ महिना कुनै पनि भाडा नलिने घोषणा गरेका छन् । उनले सामाजिक संजाल मार्फत यस्तो घोषणा हुन् ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिमसँगै सरकारले चैत ९ गतेदेखि २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको बेला उनको यो घोषणा भाइरल भएको छ ।

कोराना भाइरसको प्रकोपको डरले सबैतिर लकडाउन भएको बेला लामिछानेले तीन महिनाको घरघाडा नलिने घोषणा गरेर उच्च मानवीय सद्धाव देखाएको भन्दै उनको चौतर्फी प्रसंशा भइरहेको छ ।

उनले भनेका छन्,‘मैले आफनो कुनै पनि प्रचारबाजीका लागि यस्तो गरेको होइन, स्टाटस लेख्ने वित्तिकै साथिहरुले सेयर गरेर भाइरल बनाइदिनुुभयो, क्रास फैलिएको बेलामा मानवीय सहयोग गर्नु कर्तव्य हो, त्यसैले मेरो घरमा भाडा बसिरहनुुभएका व्यक्तिहरुलाई ३ महिनासम्म भाडा नलिने घोषणा गरेको हुँ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै राजपत्रमा प्रकाशित अत्यावश्यकबाहेकका सेवाहरु बन्द गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्न आग्रह गरे ।

यसअअघि ने सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) सहित विश्‍वविद्यालयका सबै परीक्षा स्थगित गरेकाे छ। वैशाख ३ गतेसम्म कोरोना प्रभावित मुलुकका नागरिकको आगमनमा प्रतिबन्ध लगाउने पनि निर्णय गरेको छ। त्यस्तै २५ जनाभन्दा बढी व्यक्ति भेला नहुन र वैशाख १८ गतेसम्म सिनेमा घर, रंगशाला, जिम, डान्स बार तथा क्लबहरु पनि बन्द गर्न सरकारले निर्देशन दिएको छ।

प्रतिक्रिया