यातायात व्यवसायी महासंघद्वारा यात्रुहरुलाई निःशुल्क मास्क वितरण

काठमाडौं उपत्यकामा रहेको नयाँ बसपार्कबाट लामो दूरीमा छुटने सावारी साधानमा यात्रा गर्ने यात्रुहरुलाई निःशुल्क मास्क वितरण गरिएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघले कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई ध्यान दिएर मास्क वितरण गरेको हो ।

सरकारले चैत १० गते सोमबार देखि लामो दुरीका सवारी साधन चल्न नदिने भएपछि उपत्यका छाडेर घर फर्कनेहरुको भिड बढेको छ ।

भिड बढेसँगै कोरोना भाइरस संक्रमणको जोखिम बढेको र त्यसलाई न्यूनिकरण गर्न निशुल्क मास्क वितरण गरिएको महासंघका महासचिव सरोज सिटौलाले बताए ।

उनले सरकारसँग आग्रह गरेर मास्कको व्यवस्थापन गरी बसका चालक, सहचालक र यात्रुलाई मास्क वितरण गरिएको बताए ।

कोरोना भाइरसको संक्रमण उपत्यकामा बढ्न सक्ने आशंकासँगै घरजानेको संख्या बढेको हो । भिडभाडमा नजान सरकारले आग्रह गरेपनि घर फर्कनका लागि काठमाडौंको बसपार्क र कलंकी क्षेत्रमा भिड लागेको छ । शनिवार साँझ सम्म करिब १ लाख ५० हजार मानिसहरुले उपत्यका छाडेका छन् ।

प्रतिक्रिया