• गृहपृष्ठ /
  • Breaking News ,
  • अन्तर्राष्ट्रिय ,
  • मुख्य खबर ,
  • समाचार

कोभिड-१९ देखा परेयता पहिलोपटक देशभित्र नयाँ सङ्क्रमण शून्यमा पुगेको चीनको भनाइ

कोरोनाभाइरस सुरुमा देखा परेको मुलुक चीनमा कोभिड-१९ को अभिलेख राख्न थालिएयता पहिलोपटक देशभित्र कुनै पनि नयाँ सङ्क्रमणका घटनाहरू देखा नपरेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

तर बाहिरबाट चीन आएका व्यक्तिहरूमा बुधवार ३४ वटा नयाँ सङ्क्रमण देखा परेको थियो। ज्यानुअरी यता चिनियाँ मूलभूमिमा ८१ हजारवटा भन्दा बढी कोरोनाभाइरसको सङ्क्रमण देखिएका छन्। त्यसबाट ३ हजार २२५ जनाले ज्यान गुमाएका छन् भने ७० हजार भन्दा बढी निको भएका छन्।

अहिले पनि १० हजार भन्दा बढीमा सङक्रमण सक्रिय रहेको जनाइएको छ। पछिल्ला दिनहरूमा चीनको प्रयास देशभित्र कोरोनाभाइरसलाई पुन: भित्रन नदिने रहदै आएको छ। अधिकांश नयाँ घटना बाहिरबाट आएका आगन्तुकहरूले ल्याएका छन्।

सङ्क्रमण सबैभन्दा उच्च विन्दुमा पुग्दा चीनले कठोर क्वारन्टीन लागू गरेको थियो र भाइरस फैलनबाट रोक्न आवतजावत नियन्त्रणबारे कडा व्यवस्था लागु गरेको थियो।

यी कदमहरूको सफलताका कारण नयाँ सङ्क्रमितको सख्या घटेपनि चीनमा कोरोनाभाइरसको जोखिम नहटिसकेको विज्ञहरू बताउँछन्। त्यही भएर अधिकारीहरूले बाहिरबाट भित्रने मानिसहरूको कडा निगरानी गरिरहेका बताइएको छ।

यसैबीच बिहीवार दक्षिण कोरियामा १५२ वटा नयाँ घटनाहरू देखा परेका छन् तर ती मध्ये कति विदेशबाट भित्रिएका हुन् प्रष्ट भइसकेको छैन्सि ङ्गापुरमा बुधवार ४७ वटा नयाँ सङ्क्रमण देखा परेका छन् जसमध्ये ३३ वटा आयातित थिए।

देशभर विद्यालय र कलेजहरू बन्द गरिएका छन् र धेरै राज्यहरूले भिडभाडमा प्रतिबन्ध लगाएका छन्। तर विज्ञहरूले कोरोनाभाइरस फैलन नदिन भारतले अझ धेरै कदम चाल्नुपर्ने बताइरहेका छन्। हालसम्म भारतमा कोरोनाभाइरसका कारण तीन जनाको मृत्यु भएको जोन्स हपकिन्स विश्वविद्यालयले तयार पारेको विश्वव्यापी तथ्याङ्क सङ्कलनमा उल्लेख छ।

चीनबाट ‘नेपाली नागरिकको उद्धार गर्न नेपाल वायुसेवा निगमको विशेष विमान पठाइने’
कोरोनाभाइरस ‘विश्वव्यापी स्वास्थ्य सङ्कट’ घोषित पाकिस्तानमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या ३०७ पुगेको छ र त्यहाँ सङक्रमणबाट दुई जनाको ज्यान गइसकेको छ।

श्रीलंकामा ५१ वटा, अफगानिस्तानमा २२ वटा, बाङ्ग्लादेशमा १४ वटा, माल्दिभ्समा १३ वटा, भुटान र नेपालमा एक एक वटा सङक्रमण हालसम्म देखा परेको उक्त तथ्याङ्कभण्डारमा उल्लेख छ।

प्रतिक्रिया