आजको मौसम : मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेको जानकारी दिएको छ ।

बिहीबार महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ ।

यसैगरी, पूर्वानुमानका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली हुने र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ ।

अपरान्हपछि मध्य र पश्चिमी पहाडी भु–भागका १–२ स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै, राति भने देशभर सामान्यतया मौसम सफा रहनेछ ।

प्रतिक्रिया