शुभ बिहानी पाथीभरा माताको दर्शन सहित आजको राशिफल कस्तो छ हेर्नुहोस्

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बन्द व्यापारबाट मनग्गे आम्दानी हुनेछ भने नयाँ उद्योगमा लगानी गर्ने अवसर आउनेछ । तपाईँको कुरा काट्ने तथा विरोध गर्नेहरू तपाईकै प्रशंसा गर्न थाल्नेछन् । कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित हात पार्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरू तपाईकै पक्षमा फैसला हुनेछन् । शरीर स्वास्थ्य रहने हुनाले राम्रा काम गरी दाम कमाउन सकिनेछ । पढाई लेखाइमा राम्रो नतिजा काम साथ तपाईँको नाम अग्र स्थानमा आउनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समयमा होस नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनत गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले काममा बाधा हुने सम्भावना देखिन्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) घरायसी समस्या एक्कासि बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमा सँग टाढिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाइने छैन । कृषि तथा सहकारी व्यावासायमा भने मनग्गे आम्दानी हुने योग रहेको छ । समाजसेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा समय दिएपनि नतिजाको लागि केही समय कुर्नु नै पर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेममा सामीप्य बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाई लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरू माझ राम्रो कामगरि प्रसिद्धि कमाउन सकिनेछ । सामाजिक सम्बन्धहरू सुदृढ भएर जानेछन् भने दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यवसायमा नाफा कमाउन अरू दिन भन्दा बढी समय खर्चनु पर्नेछ । स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाईँ आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनै पनि प्रस्तुतिमा भाग लिँदा प्रशस्त तयारी गर्नुहोला कमजोरी गरेको वा भएको आभास हुनेछ । तयारी बिना नै प्रस्तुत गरिने कुनै पनि योजना विफल हुन सक्छ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृढ हुनेछ । पढाई लेखाइमा अरूभन्दा एक कदम अगाडि बढी नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरूको मन आफूतिर लोभ्याउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । लामो दुरीको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । काम गर्दा सावधानी अपनाउनुहोला खराब ब्याक्तिको विश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । पढाई लेखाइमा मन नजाने हुनाले अरू भन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्काबिच बैमनस्यता बढ्नेछ । घर भित्रकै मानिसहरूबाट धोका हुने सम्भावना रहेकोले सचेत रहनुहोला । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्न सक्ने तथा उपचार खर्च बढ्ने ग्रहयोग रहेको छ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । पढाई लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकाङ्क्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । सरकारी धन तथा पैतृक धन सम्पत्ति हात लागि हुने सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पैतृक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैतृक सम्पत्तिको प्रयोग गरी आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा उच्च पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । लक्ष्य प्राप्तिको लागि चालिने पाइलाहरू सकारात्मक दिशामा अगाडि बढ्नेछन् । पढाई लेखाई अरूभन्दा एक कदम अगाडि नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय तथा परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। महत्त्वाकाङ्क्षी योजना तत्काल सार्वजनिक गर्न केही समय पर्खनुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। धार्मिक क्षेत्र तथा परोपकारी काममा सहभागी भई काम गर्ने अवसर जुर्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला नराम्रो घटना घट्न सक्छ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । आफन्त तथा साथिभाई बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ । पढाई लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नयाँ नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ । प्रेममा नजिक भई रमाउन सकिनेछ ।

प्रतिक्रिया