८ लाख थान मास्कसहित दुई व्यापारी नियन्त्रणमा

प्रहरीले राजधानीको सतुंगलबाट ८ लाख ४९ हजार ६ सय थान मास्कसहित दुई व्यापारीलाई नियन्त्रणमा लिएको छ ।

सतुंगलको विष्णुदेवी विन्दवासिनी नजिकैको एक घरबाट प्रहरीले सोमबार बिहानै १ सय ७७ बोरा मास्क बरामद गरेको छ। आरडी सप्लायर्सका सञ्चालक सुरज गोयल र उनका साझेदार सुवास महेश्वरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया