कोरोना भाइरसबाट बचाउन सक्ने औषधी पत्ता लगाइएको दाबी

एजेन्सी । हल्याण्डका वैज्ञानिकहरुको एक समूहले कोरोना भाइरसको पहिचान गर्ने र त्यसबाट बचाउन सक्ने औषधी (एन्टीडोट) पत्ता लगाएको दाबी गरेका छन् । बीबीसीका हेग संवाददाता आना हलिगानकाअनुसार चिकित्सकहरुको (वैज्ञानिक) समूहले औषधी पत्ता लगाएको दाबी गरेपनि यसलाई मानव शरीरमा परीक्षण गर्न बाँकी रहेको र त्यसको परिणाम आउन महिनौं लाग्न सक्नेछ । इरास्मस मेडिकल सेन्टर र युट्रेक्ट विश्वविद्यालयका अन्वेषकहरुको संयुक्त टिमले लगातार गरेको अनुसन्धानबाट सार्स–२ को प्रतिरोधात्मक औषधी पत्ता लगाइएको दाबी गरिएको छ ।

उनीहरुले कोरोना भाइरस(कोभिड–१९) लाई सार्स–२ को उपमा दिँदै त्यसलाई कोरोना परिवारको भाइरसको रुपमा अथ्र्याएका छन् । अहिले विश्वभर देखिएको महामारीको जिम्मेवार कोराना परिवारबाटै उत्पत्ति भएको भाइरस रहेको दाबी समेत वैज्ञानिकहरुले गरेका छन् । अन्वेषणमा खटेका चिकित्सकहरुले यसअघि विश्वभर देखिएको सार्स महामारी (उनीहरुले त्यसलाई सार्स–१ भनेका छन्) निर्मुल पार्ने औषधी बनाउनका लागि समेत काम गरिसकेको बताइएको छ ।

उनीहरुले त्यसबेला निर्माण गरिएको औषधीले सार्स संक्रमण विश्वभर फैलिनबाट बचाएको दाबी समेत गरेका छन् । तर अहिले आएको नतिजाको भने समीक्षा भैरहेको र यसको गहन परीक्षण हुन बाँकी नै भएको उनीहरुको दाबी छ । उनीहरुले यो परीक्षण सफल भए एउटा छुट्टै औषधी कम्पनीमार्फत व्यापक रुपमा उत्पादन गर्न सकिने विश्वभर वितरण गर्न सकिने दाबी गरेका छन् ।

प्रतिक्रिया