मेघ गर्जन, चट्याङ, असिना र हावाहुरी सहित बर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । अहिले मुलुकभर पश्चिमी वायूको प्रभाव रहेको छ । देशभरको मौसम सामान्यतया बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरूमा मेघ गर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

आज राती देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ । देशका पश्चिमी भू–भागका थोरै स्थान र मध्य तथा पूर्वी भू–भागका केहि स्थानहरूमा मेघ गर्जन, चट्याङ, असिना, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

प्रतिक्रिया