पाटन अस्पतालको आइसोलेसनमा रहेका बिरामीमा कोरोना संक्रमण नभएको पुष्टि

कोरोना संक्रमणको आशंकामा पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका एक जना युवामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।

ज्वरो आएको भन्दै कुवेतबाट लखेटिएका ती युवालाई पाटन अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले गरेको स्वास्थ्य परीक्षणमा उनमा कोरोनाको लक्षण नभेटिएको अस्पतालले जनाएको छ ।

सिजनल फ्लूका कारण अधिक ज्वरो मात्र आएको र हाल ठीक भइसकेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्यमा सुधार भएपछि आज डिस्चार्ज गरिने अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया