गाईघाटकाे सिभिल अस्पतालले स्टिल निकाल्ने भन्दै हड्डि काटिदियाे, पिडितकाे भयाे रुवाबासि

उदयपुरकाे गाइघाट स्थित सिभिल हस्पिटलले जबरजस्ति अप्रेशन गर्न लगाई बिरामिकाे कुम जाेड्न राखिएकाे स्टिल निकालिदिनुकाे सट्टा हड्डि काटिदिएपछि पिडित न्ययकाे खाेजिमा भाेैतारिनु परेकाेछ । अस्पतालका डा. सञ्जयकुमार साहले अप्रेशन गरेका हुन् ।

खाेटाङकाे दिक्तेल मझुवागढी नगरपालिका ३ बाम्राङका ४२ बर्षिय पूर्णबहादुर खत्रीकाे पीडा हाे याे । गत बर्ष लडेर देब्रे कुम खुस्किएपछि नेपाल अर्थाेपेडिक अस्पताल काठमाडाैमा स्टिल लगाएका थिए । साेही स्टिल र कुमकाे अबस्था हेर्न एक्सरेका लागि सिभिल अस्पताल पुगेका थिए । कुमकाे अबस्था ठिक भएकाे देखिएपछि स्टिल निकाल्ने सन्दर्भमा काठमाडाै नै जान खाेजेका बिरामिलाई यतै जबर्जस्ति अप्रेशन गराएका थिए । सुरुमा ५५ हजार अप्रेशन खर्च लाग्ने भनेकाे सिभिल सञ्चालकले माेलमाेलाई गर्दै २५ हजारमै जबर्जस्ति अप्रेशन गराएकाे पिडितकाे भनाई छ ।

अाज पत्रकार सम्मेलन गरि पिडितले न्यायकाे माग गरेका छन् ।
साे हस्पिटलका सञ्चालकहरुले धम्क्याउनेसम्मका हर्कत गरेर महंगाे शुल्क लिने र लापरबाहिपूर्ण उपचार गर्ने गरेकाे गुनासा धेरै अाउने गरेका छन् ।

सञ्चालक मध्येका एक राम गुरागाइले केहि समयदेखि अस्पतालमा जान नपाइ विराटनगरमा रहेकाले यस विषयमा थाहा नभएकेा बताएका छन् ।

प्रतिक्रिया