लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मालाई जिवन साथी ताराले दिइन यस्तो उपहार,सांगीतिक क्षेत्रमा अझ धेरै सफलताको कामना

यसो त लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा एक दशक भन्दा लामो समय देखि यो क्षेत्रमा आफ्नो दरिलो नाम चम्काइरहेका छन । उनको सांगीतक क्षेत्रको बाटो अझ बजवुद र दमदार त्यति बेला भयो जव उनको जिन्दगीमा जीवन साथी तारा सुनारको आगमन भयो ।

अहिले विश्वकर्मा निकै ब्यस्त कलाकार भित्र पर्दछन भने एक पछि अर्को हिट गीत मार्फत दर्शक स्रोताको मन जित्दै गइरहेका छन । कुलेन्द्र यसरी सफल हुनुको पछाडी उनकी जीवन साथी तारा सुनारको पनि अत्यन्तै महत्वपुर्ण भुमिका रहेको छ । यो कुरा गायक कुलेन्द्रले पनि मिडिया भन्दै आइरहेका छन । उनै जीवन साथी ताराले विश्वकर्माको सांगीतक क्षेत्रमा अझ धेरै सफलताको कामना सहित हार्मोनियम उपहार दिएकी छन ।

करिव एक लाख रुपैया पर्ने सो उपहार पाए पछि गायक विश्वकर्मा पनि भावुक र खुसि भएको बताउछन । उता तारा सुनारले पनि आफुले श्रीमानको सांगीतक सफलताको लागी उपहार दिएको बताउनु भयो ।

दुई सन्तानकी आमा सुनारले श्रीमानको सांगीतक सफलतामा महत्वपुर्ण भुमिका खेल्दै आएको जानकारहरु बताउछन । सुनारले आफुले विभिन्न चार्ड पर्वमा पाएको पैसा जम्मा गरेर सो उपहार किनेकी हुन ।

विश्वर्माले अहिले विहान बेलुकी सोहि हार्मोनियमबाट रियाज गर्दै आएका छन भने अब चाँडै आफ्नै एल्वम लिएर आउने तयारीमा समेत रहेका छन । सालको पात सुपर हिट भए सँगै विश्वर्माको चर्चा अझ चुलिएको छ भने यो गीत सफल भए सँगै नाम र दाम दुवै कमाएका छन ।

प्रतिक्रिया