यसकारण आवश्यक छ ध्यान

आजकाल मानिस योग ध्यानतिर आकर्षिक छन् ।आफ्नो दिनचर्याका कारण सँगालेका तनाव कम गर्न होस् या स्वस्थ रहन , धेरैले ध्यानका लागि समय छुट्याउँछन् ।तर ध्यानको महत्व त्यतिमै सीमित छैन । ध्यानको अन्तिम लक्ष्य निर्वाणको साक्षात्कार गर्नु हो । अत ः ध्यान मनुष्यको चेतनालाई रुपान्तरण गर्ने क्रिया हो ।

आममान्छेको धारणा यो छ कि ध्यान भनेकै एकाग्रता हो । तर ध्यान र एकाग्रताको कुनै सम्बन्ध छैन । जसरी दिन र रात एकै समयमा हुन सक्दैन, त्यसरी नै ध्यान र एकाग्रता एकै समयमा कदापि हुन सक्दैन् । एकाग्रता भन्नाले कुनै एक कुरामा मात्र अडिरहनु हो । तर ध्यान भनेको शरीर, भावना र विचारमा आइरहेको दृश्यलाई द्रष्टाका रुपमा हेरिहने क्रिया हो । हामी क्ुनै एउटा कुरामा एकाग्र भयौँ भने बाँकी कुरा झन् बढी सक्रिय हुन्छन् र ध्यानमा बाधा पुगछ । त्यसैले ध्यानमा बस्दा हाम्रो शरीर, भावना र मनमा आएका संवेदना, विचारलाई हेरिरहनुपर्छ । यसोे गर्दा नकारात्मक विचार, संवेदना कम हुँदै जान्छन् ।
सहि जानकारी नलिई जतिसुकै ध्यान गरे पनि रुपान्तरण सम्भव छैन । त्यसैले पहिेले ध्यानका विषयमा बुझ्न जरुरी छ ।

भ्रम र यथार्थ

धर्मशास्त्रमा ध्यानबारे धेरै लेखिएको छ । ध्यानचार्यहरुले पनि ध्यान गर्ने सयौँ विधि दिन्छन् । गहिरिएर हेर्ने हो भने ध्यान गर्ने भन्ने वाक्य नै गलत छ । ध्यान गर्ने होइन, ध्यान घट्ने हो । जसरी हामी निन्द्रा आफैँ ल्याउन सक्दैनौँ निन्द्रा आउने पूर्वाधार अपनाउन सक्छौँ जस्तै नरम बिछ्यौनामा पल्टनु,सुत्नु आदि । यसो गरेपछि निन्द्रा आफैँ आउँछ । त्यसरी नै ध्यान आउने पूर्वाधार अपनाउन सक्छौँ , तर ध्यान गर्न सक्दैनौँ । ध्यान आउन सजिलो बनाउन हामी विचार कम गर्न सक्छौँ, श्वासको गति शिथिल बनाउन सक्छौँ ।

यसरी गर्दै गएपछि ध्यान आफैँ घट्ज सक्छ । अत ः ध्यान एउटा अवस्था हो ,जो आफैँ घट्छ ।
ध्यानसम्बन्धी अर्काे धारणा छ कि ध्यान बस्दा विचार आउनुहुँदैन वा हराउनुपर्छ । ध्यान बस्दा विचार आउन नहुने होइन । ध्यानमा बस्दा अनििगन्ती विचार आउन सक्छन् ती विचार रुपान्तरण हुन्छन् । जति जति हामी धेरै समय ध्यानमा बस्छौँ, हाम्रो चेतना पनि बढ्न थाल्छ । जतिजति सत्व ऊर्जा हाम्रो शरीरमा बढ्न थाल्छ , त्यति नै हामीभित्रको चेतना रुपान्तरण हुन थाल्छ । त्यसैले ध्यान एउटा यस्तो अमूल्य वरदान हो ,जसले हामीलाई सदाका लागि जन्म मृत्युको चक्रबाट हटाएर निर्वाणसम्म पु¥याउन सक्छ ।

प्रतिक्रिया