अमेरीकी राष्ट्रपती दिल्लीमै रहेको बेला नागरिकता संसोधन विधेक विरुद्धमा हिंसा,७ को मृत्यु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार दिल्लीमा छन्, जहाँ शहरको विशेष ठाउँमा सुरक्षा व्यवस्था गरिएको छ। उही दिल्लीको उत्तर पूर्वी भागमा तनावको स्थिति छ ।

केन्द्रीय गृहमन्त्री अमित शाहले दिउँसोको हिंसाको बारेमा १२ बजे उच्च स्तरीय बैठक बोलाइएका थिए। यसमा दिल्ली पुलिसका प्रमुख अधिकारीलगायत मुख्यमंत्री अरविन्द केजरीवाल पनि बैठकमा समावेश छन्।

नागरिकता संशोधन ऐनका समर्थक र विपक्षी बीच सोमबार उत्तर-पूर्वी दिल्लीमा हिंसा र आगजनीमा एक प्रहरी सहित कम्तिमा सात व्यक्तिको मृत्यु भएको छ।

प्रहरी स्रोतका अनुसार हिंसामा हालसम्म ४८ प्रहरीहरू घाइते भएका छन् र 90 जना सर्वसाधारण घाइते भएका छन्।

प्रतिक्रिया