काठमाण्डौ । यो हप्ता मंगलबार पनि शेयर बजार बन्द हुने भएको छ । यस दिन सार्वजनिक बिदा परेको हुँदा शेयर बजार नखुल्ने भएको हो ।
अघिल्लो हप्ता समेत २ दिन सार्वजनिक बिदा भएको कारण शेयर बजारमा केबल ३ दिन मात्र कारोबार भएको थियो । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिने भएसँगै शेयर बजार समेत बन्द हुने भएको हो ।