काठमाण्डौ । सानिमा लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्ष २०७६।७७ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीको चैत्र २९ गते, मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६.७७ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको ४।२ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०।२२ प्रतिशत नगद गरी कुल ४।४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित उक्त लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र लाभांश पाउनेछन् ।
सानिमा लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई पहिलो पटक लाभांश वितरणको प्रस्ताव गरेको हो ।