हाम्रो पार्टी पहिलो हुने देखियो - प्रचण्ड

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी पहिलो बन्ने देखिएको बताएका छन । 


‘०६४ मा ठूला भनेका दलले माओवादीको पाँच सिट आउँछ होला भनेका थिए तर जनताले हामीलाई प्रत्यक्षतर्फ झन्डै बहुमत दिए,’ आज बिहान पोखरामा पत्रकारहरूसँगको कुराकानीमा प्रचण्डले भने, ‘०७४ को परिणाम हाम्रा अगाडि छ। अब ०७९ मा चुनावमा जाँदा देशैभरिको सबै स्थिति हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावनातिर अघि बढेका छौं।’


‘बीचमा गल्ती गरिएछ भन्ने जनतालाई फिल भएको छ,’ उनले भने, ‘सिन्धुलीमा उभार देखा परेको छ। त्यहाँ साथीहरूले भरपर्दो तरिकाले एक नम्बर भएर देखाउँछौं भन्नुभएको छ। एकचोटी फेरि माओवादी आउनैपर्छ।’

उनले तालमेल गरेरभन्दा पनि आफ्नै खुट्टामा उभिएर स्थानीय चुनावमा जाने बताए। तर गठबन्धनको आवश्यकता भने अझै कायमै रहेको उनको भनाइ थियो।

उनले माओवादी अरू दलसँग तालमेलका लागि भन्दा पनि तालमेल गर्न अरू दलले माओवादी खोज्दै आउनुपर्ने अवस्था रहेको जिकीर गरेका थिए।
 

प्रतिक्रिया