काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद योशोदा गुरुङ (सुवेदी)ले स्वस्थानी व्रतकथा र ऋषिपञ्चमी व्रतकथाका पाना च्यात्न माग गरेकी छन्।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै मंगलबार सांसद सुवेदीले यस्तो माग गरेकी हुन्। संसदको शून्य समयमा बोल्दै उनले छाउपडी जस्तो संस्कारलाई मजबुद पार्ने स्वस्थानी व्रतकथा र ऋषिपञ्चमी व्रतकथाका पाना च्यात्न माग गरेकी हुन्।
उनले छाउगोठ भत्काउने सरकारले अभियानको प्रशंसा गर्दै उनले यस्तो बताएकी हुन्।
‘सरकारले छाउजस्ता परम्परा र संस्कारलाई मजबुत पार्ने स्वस्थानी व्रतकथा र ऋषिपञ्चमी व्रतकथाका पानाहरु च्यात्न सकोस्’ उनले भनिन्,, ‘सम्माननीय सभामुखज्यूमार्फत म यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। धन्यवाद ।’
उनले सदियौँदेखि महिलालाई जगडेर रााखेका कुरीतिलाई हटाउन केबल बारीमा भएका छाउगोठमात्र भत्काएर केही नहुने तर्क गरिन्। मान्छेको मनमनमा रहेका गलत संस्कारलाई हटाउन सरकारले पहल गर्नुपर्नेमा उनले जोड दिएकी छन्।