पछिलो २४ घण्टामा २६६ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २६६ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ६४६९ जनामा नमुना परीक्षण भएको थियो । 
यस्तै सोही अवधिमा २ जनाको मृत्यु भएको छ भने हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९३१ रहेको छ । 

प्रतिक्रिया