ग्लोबल आइएमई बैंक लिमिटेडले कार्ड प्रयोगकर्ताको डाटा सुरक्षालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित राख्न सफल भएको छ। बैंकले पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सेक्युरिटी स्टान्डर्ड (PCI-DSS) को प्रमाणीकरण प्राप्त गरेको छ, जसले कार्ड डाटाको उच्च सुरक्षा सुनिश्चित गरेको प्रमाणित गर्छ।
बैंकको कार्ड सुरक्षासम्बन्धी मूल्यांकन तथा प्रमाणीकरण कार्य नेटवर्क इन्टेलिजेन्सले सम्पन्न गरेको हो। यो संस्था पीसीआई सेक्युरिटी स्टान्डर्डस् काउन्सिलबाट मान्यता प्राप्त क्वालिफाइड सेक्युरिटी असेसर (QSA) हो, जसले डाटा सुरक्षा सम्बन्धी आवश्यक मापदण्डहरूको मूल्यांकन गर्दछ। प्रमाणीकरणपछि बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित रहेको पुष्टि भएको हो।
ग्लोबल आइएमई बैंकले कार्डधारकहरूको डाटा सुरक्षाका लागि प्रणालीगत तथा संस्थागत रूपमा आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउँदै आवश्यक सुरक्षा डिजाइन तथा कार्यान्वयनमा विशेष ध्यान दिएको जनाएको छ। बैंकले डाटा सुरक्षामा निरन्तर सुधार ल्याउँदै आएको र त्यसमा आफ्नो प्रतिवद्धता अझ सुदृढ बनाउँदै प्रमाणित गरेको हो।
ग्लोबल आइएमई बैंक यसअघि ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड २०२४’ र ‘युरो मनी अवार्ड फर एक्सिलेन्स २०२४’ मा नेपालकै सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित भइसकेको छ। त्यस्तै, बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट पनि विभिन्न विधामा सम्मानित हुँदै आएको छ।
हाल बैंकका देशभर ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार भइसकेको छ। बैंकसँग ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखारहित बैंकिङ सेवा केन्द्र, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रहरू रहेका छन्, जसबाट ग्राहकलाई प्रभावकारी सेवा दिइँदै आएको छ।
ग्लोबल आइएमई बैंकले देशभित्र मात्र नभई विश्वका विभिन्न मुलुकहरू — अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।