राष्ट्रपतिद्वारा सोनाम ल्हाेछारको शुभकामना

काठमाडौं । तामाङ समुदायले मनाउने सोनाम ल्हाेछारको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिएकी छन् ।

राष्ट्रपति भण्डारीले सोनाम ल्हाेछार जस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको विश्वास व्यक्त गर्दै शुभकामना सन्देश जारी गरेकी हुन् ।

शुभकामना सन्देशमार्फत् उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवम् प्रगतिको कामना गर्दै यस प्रकारका चाडपर्वको अहम् राष्ट्रिय महत्व रहेको बताएकी छन् ।

‘यस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छन्,’ राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम गर्दै समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा सबैमा जागृत गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

प्रतिक्रिया