नेपालको योजनालाई सहयोग गर्न विकास साझोदारहरु सकारात्मक

काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औँ योजना र अति कम विकसित मुलुक ९एलडिसी० बाट विकासशील मुलुकमा स्तरोन्नतिका विषयमा अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग छलफल गरेको छ ।

आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठको अध्यक्षतामा मंगलबार भएको छलफलमा संयुक्त राष्ट्र संघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत विभिन्न देशका राजदूत तथा प्रतिनिधिहरुले सुझाव दिएका छन् ।

आयोगले आगामी ५ वर्षका लागि तयार गरिरहेको १६औँ योजनाका लागि विभिन्न क्षेत्र तथा सरोकारवालाहरुसँग सुझाव लिइरहेको छ । सोही क्रममा मंगलबार आयोगले अन्तर्राष्ट्रिय विकास साझेदार समूहसँग छलफल गरेको हो ।

नेपाल स्थित अन्तराष्ट्रिय विकास साझोदार समूहको नेतृत्व हाल संयुक्त राष्ट्रसंघको नेपालस्थित आवासीय प्रतिनिधि हाना सिंगर हाम्डी र नेपालका लागि फिनल्याण्डका राजदूतले संयुक्त रुपमा गरिरहेका छन् । छलफलमा अतिकम विकसित मुलुक ९एलडिसी०बाट विकासशील मुलुकमा स्तरोन्नतिका सन्दर्भमा पनि छलफल भएको थियो ।

नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि हाना सिंगर हाम्डीले एलडिसीबाट स्तरोन्नतिसँगै नेपाल विकास पनि अर्को अध्ययायमा प्रवेश गर्ने बताइन् । १६औँ योजनामा एलडिसीबाट स्तरोन्नतिका सन्दर्भमा पनि सोच्नु पर्ने उनको सुझाव थियो ।

अन्य सहभागी विकास साझेदारहरुले आफ्नो राष्ट्रिय कार्यक्रमलाई १६औँ योजना र अति कम विकसित मुलुक ९एलडिसी०बाट विकासशील मुलुकमा स्तरोन्नति रणनीतिसँग तादम्यता मिलाउनु पर्ने बताएका छन् ।

आयोगका उपाध्यक्ष डा। श्रेष्ठले नेपालको विकासका लागि विकास साझेदार समूहले गर्दै आएको सहयोगको लागि धन्यबाद दिए । उनले ती सुझावहरु १६औँ योजना र ‘स्मूथ ट्रान्जिशन स्ट्राटेजी फर एलडिसी’मा समावेश गर्ने प्रतिवद्धता जनाएका छन् ।

आयोगले यसअघि पनि गत बुधबार नै १६औ योजनाको सन्दर्भमा राष्ट्रिय विकास परिषद्का नवनियुक्त सदस्यहरुसँग छलफल गरेको थियो ।

प्रतिक्रिया