उच्च पहाडी र हिमाली भेगबाहेक सबै ठाउँको मौसम सफा रहने

काठमाडाैं । अहिले काठमाडौंसहित केही ठाउँमा लागेको कुहिरो दिउँसोपछि हटेर घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनदेखि वर्षा र हिमपात गराएकाे मौसमी प्रणाली कमजोर भएकाले आइतबार देशको उच्च पहाडी र हिमाली भेगबाहेक सबै ठाउँको मौसम सामान्यतया सफा नै रहने छ ।

उच्च पहाडी र हिमाली भेगमा भने सामान्य खालको बादल लाग्ने सम्भावना भएपनि पानी वा हिउँ पर्ने सम्भावना भने नभएको शाखाले जनाएकाे छ । अबको एक, दुई दिन पानी पार्ने खालको मौसमी प्रणाली नदेखिएकाले मौसम सफा हुनेछ ।

आइतबार बिहान पौने ६ बजेको काठमाण्डाैकाे तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रतिक्रिया