सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा विष्णु पौडेल पक्राउ,भैसेपाटीस्थित निवासमा छापा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको दाबी गरिएको छ।

स्रोतका अनुसार पार्टीको चुनावी समीक्षा तथा पुनर्गठन कार्यदलको सुझाव संकलनअन्तर्गत आयोजित प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका बेला उनलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ गर्नुअघि सम्पत्ति शुद्धीकरण विभागको टोलीले काठमाडौंको भैसेपाटीस्थित पौडेलको निवासमा छापा मारेको बताइएको छ। विभागको टोली दिउँसो करिब १ बजे निवासमा पुगेको स्रोतको भनाइ छ।

विभागले विवादित व्यवसायी दीपक भट्टसँग पौडेलको सम्बन्धबारे अनुसन्धान गरिरहेको आशंका गरिएको छ। यद्यपि, यस विषयमा विभाग वा सम्बन्धित निकायबाट औपचारिक धारणा सार्वजनिक भएको छैन।

भैसेपाटीस्थित आफ्नै घर जेनजी आन्दोलनका क्रममा क्षति पुगेपछि पौडेल हाल सोही क्षेत्रमा भाडाको घरमा बस्दै आएका छन्।

यस घटनाबारे थप आधिकारिक विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय