काठमाण्डौ । एक दिनको सार्वजनिक बिदापछि खुलेको शेयर बजार बुधबार पनि ३० अङ्क भन्दा धेरैले घटेर समग्र बजार २५१४ विन्दुमा पुगेको छ । नेप्से घटेसँगै कारोबार रकम पनि निरन्तर ओलारो लागेर २ अर्ब ३५ करोडमा झरेको छ ।
आज २२९ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा १९ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको शेयर मूल्य भने घटेको छ । बीमा समूहको उपसूचक सबै भन्दा धेरै घटेर कारोबार हुँदा नेपाल दुरसञ्चार कम्पनीको शेयर सबै भन्दा धेरै कारोबार भएको छ ।
राष्ट बैंकले शेयर धितो कर्जामा कडाइ गरेसँगै ओरालो लागेको शेयर बजार २३ सयको विन्दुमा आएको थियो त्यसपछि केही उकालो लागेको बजार फेरी निरन्तर घटिरहेको छ । बजारमा तरलता अभावका कारण पनि शेयर बजार अपेक्षामाथि जान नसकेको कतिपयको भनाई छ ।
आज नेप्सेका सबै उपसूचकहरूलाई रातो पोतिएको छ भने विशाल बजार कम्पनीको शेयर मूल्य धेरै प्रतिशतले घटेको छ ।