शुभ बिहानी । बागलुङ कालिका माताको दर्शन सहित आजको राशिफल हेर्नुहोस्

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खानपान तथा वातावरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने ग्रहयोग रहेकोछ । सरकारी काम गर्दा सचेत रहनु होला काम बिग्रने तथा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुँनसक्छ । व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक कामहरु प्रभावित हुँनेछन् । मित्र तथा आफन्तको सल्लाह नमान्दा दुख पाइनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) एकल तथा साझेदारी व्यापार व्यवसायमा लगानी गरि प्रशस्त नाफा कमाउन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशि रहनेछन् । पारीवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबीच मायाको डोरो कसिलो हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ । पढाई लेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउँनेछ । अदालतबाट आउने निर्णयहरु तपाईकै पक्षमा आउँने हुनाले एक किसिमको उमङग शरिरमा आउँनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खानपानमा ध्यान दिनुहोला स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। नयाँ योजना कार्यान्वयनमा ल्याउन नसकिए पनि लगनशीलताले विस्तारै प्रगति हुनेछ। वाैद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ। व्यवसायिक कामबीचमा अवरुद्ध बन्न सक्छ। सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घरायसि समस्या एक्कासि बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमासँग टाडिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाईने छैन । कृषि तथा सहकारी व्यवासायमा भने मनग्गे आम्दानी हुने योग रहेकोछ । समाजसेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा समय दिएपनि नतिजाको लागि केहि समय कुर्नुनै पर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नयाँ काम गरि मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ भने उद्योग,व्यापार व्यवसाय फस्टाएर जानेछ । मापा प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबिच एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । आट,पराक्रम गर्न नडाराई अगाडि बढ्ने हो भने चाहेको गन्तब्यमा पुग्न सकिनेछ । विवाद तथा हुलमुलकाबीच पनि राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समयमा काम गर्न सकिने भएपनि नतिजाको लागि केहि समय कुर्नुनै पर्नेछ । आफन्त तथा कुटुम्बसँग अनावस्यक विषयमा विवाद हुने तथा टाडिनु पर्ने वाध्यता आउनेछ । बोल्दा ख्याल गर्नुहोला बोलीको गलत अर्थ लगाई आलोचना गर्ने सक्रिय हुनेछन् । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ । होटल तथा रेष्टुरेन्टको व्यवसायबाट भनेजस्तो आम्दानी भएपनि अन्य व्यवसायमा मन्दि आउनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । पढाई लेखाईमा प्रतिस्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । विभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुसि हुँनेछन् । सुन्दर तथा विलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा विशेष उपाहार प्राप्तिको योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अर्थ संकलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा विदेश तथा विदेशसँग सम्बन्धित कामहरु रोकिन सक्छ । तरपनि विदेशमा बसेर अध्ययन तथा श्रम गर्नेहरुका लागि भने समय फलदायि रहनेछ । विदेशी लगानीमा सञ्चालित सस्थाबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा लामो समयदेखिको सम्बन्ध टुट्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भौतिक सम्पतिहरु जुट्नेछन् भने उपाहार प्राप्त हुने योग रहेकोछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । सरकारी सम्पति तथा पृत्रिक सम्पति हात लागि हुने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाई लेखाईमा मन जानेछ । वाेद्धिकता प्रयोग गरि समाजमा राम्रा काम गरेर देखाउँन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयमो सदुपयोग गरि मनग्गे लाभ लिन सकिनेछ । साथीभाइहरुको सहयोग पाइनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) धार्मिक कार्य तथा परोपकारमा मन जानेछ। खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा कमजोरी अनुभव हुनेछ। खराब आचरण भएका व्याक्तिहरुले फसाउने तथा केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला। आशा देखाउनेहरूको भरपर्दा काम बिग्रनेछ । धार्मिक क्षेत्र तथा परोपकारी काममा सहभागि भई काम गर्ने अवसर जुर्नेछ ।

तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया