गगन थापाको प्रधानमन्त्री ओलीलाई प्रश्न : ‘यती होल्डिङको मालिक तपाई हो ?’

प्रमुख प्रतिपक्षी दल नेपाली कांँग्रेसमा नेता गगनकुमार थापाले नेपाल ट्रष्टको सम्पत्ति कौडीको मूल्यमा बिभिन्न संस्थालाई दिइएकोप्रति गम्भीर आपत्ति जनाउनु भएको छ ।

मन्त्रिपरिषद्को वैठकबाट नै काठमाडौंको गोकर्ण रिसोर्टको २७ सय ९३ रोपनी सरकारी जग्गा यती समूहलाई दिने निर्णय गरिएकोप्रति आपत्ति जनाउँदै नेता थापाले प्रधानमन्त्री ओलीलाई प्रश्न गर्नु भएको छ‘ यती होल्डिङको मालिक तपाई नै हो ?’

प्रेस युनियन तनहँुको आयोजनामा मंगलबार दमौलीमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा नेता थापाले सिंगो मन्त्रिपरिषद्ले संसद्लाई समेत मतियार बनाएर सरकारी सम्पत्ति एक विवादास्पद व्यापारिक घरानालाई दिएको भन्दै प्रधानमन्त्रीले बल सोच विचार सबै यतीमा लगाएको आरोप लगाउनु भयो ।

उहाँले थप प्रश्न गर्दै अगाडि भन्नुभयो, ‘के तपाई तपाई यतीको सञ्चालक हो, की मालिक, देश प्रधानमन्त्रीले चलाएको होकी यती होल्डिङले चलाएको हो ?’

प्रतिक्रिया