लोक दोहोरीलाई नजिक बाट नियालेका राजन क्षेत्री भन्छन् रमेश विजिको सेन्सर बोर्डको विरोध गर्नुको कुनै तुक छैन

कमल सरगम -काठमान्डौ :पछिल्लो समय दोहोरीमा सेन्सर लगाउने बिषय चर्चामा आउदा केहि बिबाद पनि थपिएको छ यो स्वाभाविकनै हो।यस अगाडी पनि बद्री पंगेनीको नेतृत्वमा सस्थाले बिकृतिको अन्त्य गर्न बिभिन्न पहल चाल्यो उक्त पहलमा पनि केहि बिबाद देखियो तर पंगेनीले आफ्नो अडान छाडेनन् जसको फल आज मौलिक सृजनाको बिकास हो।यसैलाई मध्यनजर गर्दै सामाजिक संजालमा आएको टिप्पणीलाइ आधार मान्ने हो भने दुवै पक्षको दोहोरो मत देखिन्छ।कहिले सेन्सर बोर्ड चाहिन्छ भनेका छन भने कहिले हाम्रो अधिकार माथी कसैले हस्तक्षप गर्न पाउदैन भनेका छन।यसलाई दर्शकले कुन रुपमा बुझ्ने भन्ने हो।

एता बर्तमान अध्यक्ष रमेश बिजीको पहिलो प्रयासनै सेन्सरबोर्डको निर्माण गर्नु थियो अझ यसरी भनौ उहाको चुनावी प्रचारमा आफुले गर्ने पहिलो काम यही रहेको बताउदै आएका थिए।सोहि अनुरुप रमेश बिजिले लोक सहकारी सस्थाको घोषणा समेत गरिसकेका छन भने पुर्व अध्यक्ष चन्द्र शर्मालाई उक्त जिम्मेवारी दिएका छन।सोहि अनुरुप बिजीले आफ्नो कार्यकालमा आफुले गर्ने कामकारबाहीको योजनालाइ निरन्तरता दिने बाटो खुल्दै जादा उनले एक बिशेष पत्रकार सम्मेलनमा आफ्नो सस्थामा रहेका सदस्यहरुको सृजनालाइ सेन्सर लगाएर बजारमा पठाउने निर्णय गरेका छन भने यो निर्णयलाई सरकारी सस्थाहरुबाट सहयोग लिने समेत भएका छन।

उक्त बिषयलाई लिएर समाजसेवी तथा लोकदोहोरी प्रतिष्ठान अनामनगर साखाको सल्लाहकार राजन क्षेत्री भन्छन:निवर्तमान अध्यक्ष बद्री पँगेनी जि को नेतृत्व हुँदा पनि बिकृती बिसङगती बारेमा आवाज उठाउदा विवाद नअाएको पक्कै हैन तर मन बाट राम्रो काम गर्ने हो भने असम्भव केही छैन। लोक तथा दोहोरी गीतमा सेन्सरको सुरुवात गर्नु यसलाई लिएर बिबादास्पद बनाउने काम गर्दै नगरौं । यो निकै राम्रो काम हो। यी काम त पहिल्यै नै हुन पर्ने थियोे तर ढिला भए पनि हुदैछ यसलाइ खुलेर समर्थन गरौ। हामी एक कुरामा चाहिँ सचेत गराउनै पर्छ कि सेन्सर बोर्डमा कुनै राजनितीय ब्यती नहुन।

रमेश बिजिले पनि लामो योगदान दिएका छन प्रतिष्ठानको लागि यो समय उहाको परिक्षा पनि हो हामी परिक्षाको नतिजा कुरिरहेका छौ भने उहालाई परिक्षामा सहभागी हुन दिनु पर्छ बाहिरबाट हामीले हतोत्साहित गर्ने हो भने उहाले लिएको यो अडानमा असहजको बाटो खुल्न सक्छ त्यसैले एक पटक सबै संगीतकर्मी श्रोता दर्शकले पनि उहाको योजनालाई समर्थन गर्नु जरुरी छ। News from laliguran.com

प्रतिक्रिया