प्रेरणादायी व्यक्तित्व सूचीकाे पहिलाे नंबरमा परिन् नेपालकी पुष्पा बस्नेत

पुष्पा बस्नेत दशककै सबैभन्दा प्ररणादायी व्यक्तित्व घोषित भएकी छन् । २०१० देखि २०१९ सम्मको अवधि भित्रका प्रेरणदायी व्यक्तित्वहरुको सूचीको पहिलो नंबरमा नेपालकी पुष्षा बस्नेत परेकी हुन् ।

उनले जेलमा रहेका आमा-बुबाको सन्तानहरुलाई रेखदेखका साथै शिक्षा दिक्षा दिँदै आएकी छिन् । उनले नेपालमा आएको २०७२ बैशाख १२ को भुकम्पले भत्काएको विद्यालयको पनि पुन: निर्माण गरेकी थिइन् ।

गोलकास्ट डटकमले सार्वजनिक गरेको प्रेरणादायी व्यक्तित्वको सूचीमा सुर्खेतकी म्यागी डोयन पनि परेका छन् । उनले त्यहाँ बालगृह सञ्चालन गरेकी छन् । एक नम्बरको सूचीमा परेकी पुष्पा बस्नेतलाई गोलकास्ट डटकमले आश्चर्यजनक मानवको संज्ञासमेत दिएको छ ।

यो नतिजाले आमाबुबा जेलमा रहेका बालबालिकाको भविष्य राम्रो बनाउन अझ उत्प्रेरणा जागेको बस्नेतले प्रतिकृया दिएको गोलकास्ट डटकमले उल्लेख गरेको छ । बस्नेतले सन २०१२ मा सिएनएन हिरो र सन २०१६ मा सिएनएन सुपर हिरोको अवार्ड जितेकी थिइन् ।

प्रतिक्रिया