• गृहपृष्ठ /
  • Breaking News ,
  • अन्तर्राष्ट्रिय ,
  • मुख्य खबर ,
  • समाचार

चीन र अमेरिकाको प्रतिस्पर्धा : चीनले भारतीय मोटरसाइकल दिँदा अमेरिकाले हेलिकप्टर दियो

नेपाललाई सहयोग गर्ने विषयमा शक्ति राष्ट्रहरुबीच होडबाजी चलेको छ । चीन र अमेरिकाबीच नेपाललाई सवारी साधन सहयोग गर्ने विषयमा होडबाजी चलेको हो । गत मंगलबार चीनले नेपाललाई २३ वटा भारतीय मोटरसाइकल सहयोग गरेको थियो ।

चीनले नेपालको सुरक्षाको लागि सवारी साधन सहयोग गरेको हो। चीनले नेपाल प्रहरीलाई २३ वटा भारतीय मोटरसाइकल उपलब्ध गराउँदा अमेरिकाले नेपाली सेनालाई स्काई ट्रक (हेलिकप्टर) सहयोग गरेको छ । नेपाली सेनालाई दुई थान नयाँ एम२८ स्काईट्रक हस्तान्तरण गरेको तस्विर काठमाडौंस्थित अमेरिका दुतावासको आधिकारिक फेसबुक पेजमा पोष्ट गरिएको छ । यसअघिकै चारवटा दिने सम्झौताअनुसार अमेरिकाले दुईवटा स्काई ट्रक सहयोग गरेको हो भने अझै दुईवटा आउन बाँकी रहेको छ ।

नेपाली सेनालाई स्काई ट्रक हस्तान्तरण गरेपछि अमेरिकी दूतावासको आधारिक फेसबुक पेजमा उल्लेख गरिएको छ, ‘नेपाली सेनालाई दुई थान नयाँ एम २८ स्काईट्रक सफलतापूर्वक हस्तान्तरण गरेको घोषणा गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं। नेपालकै इतिहासमा सुरक्षा क्षेत्रको सबैभन्दा ठूलो (झन्डै १ करोड ५० लाख डलर) अनुदानमध्येको पहिलो भाग हो। छोटो समयमा उड्न र अवतरण गर्नसक्ने क्षमता सहितको विमान स्काईट्रक नेपालको भूगोलका निम्ति सबैभन्दा उपयुक्त हवाईजहाजमध्ये एक हो र यसले नेपाली सेनाका लागि विमानलाई प्रिपोजिसनमा राख्ने महत्त्वपूर्ण क्षमतालाई सहज बनाउँदै नेपालको मानवीय सहायता तथा विपद् प्रतिकार्य सञ्चालन क्षमतामा व्यापक रूपान्तरण ल्याउनेछन्।

साथै, आउँदा वर्षहरूमा जगेडा पाटपुर्जा, विमानचालक तथा मर्मतसम्भार तालिम र आधुनिक मर्मतसम्भार व्यवस्थापन अभ्यासमा सहजीकरण लगायतको सहयोग पनि अनुदानमा समावेश छन्। आगामी वर्षहरूमा अमेरिकाले थप एम२८ विमान प्रदान गर्नेछ। साथै, नेपाली जनतालाई अझै प्रभावकारी ढङ्गबाट सुरक्षा प्रदान गर्न नेपाली सेनाका लागि मागअनुसारको तालिम दिइनेछ। यो कार्यले नेपालको दीर्घकालीन दिगोपन, सुरक्षा र उत्थानशीलतालाई सशक्त बनाउनका लागि दुई देशबिचको सहकार्य र निकट साझेदारी अझै बलियो भएको हामीलाई विश्वास छ।’

प्रतिक्रिया