शेयर बजारमा पहिरो जान रोकिएन,नेप्से २४ सयको विन्दुमा आँउदा कारोबार रकम पनि घट्दै

काठमाण्डौ । शेयर बजारमा पहिरो जानेक्रम आज बुधबार पनि रोकिएन । बजार मापक सूचक नेप्से ५३ अंक भन्दा धेरैले घटेर समग्र बजार २४५५ विन्दुमा आएको छ । यो केहि समय यताकै न्युन विन्दु हो । 

नेप्सेसँगै कारोबार रकम पनि सुस्तनै छ । आज २२६ कम्पनीहरुको २ अर्व ६६ करोड हाराहारीको शेयर खरिद विक्री भएको छ । कारोबार भएका मध्य ७ कम्पनीबाहेक अन्य सबै कम्पनीहरुको शेयर मूल्यमा ठुलो गिरावट आएको छ । 

नेश्नल जलविद्युत कम्पनीको शेयर सबै भन्दा धेरै कारोबार हुँदा जीवन वीमा समूहको उपसूचक धेरै अंकले घटेको छ । 

प्रतिक्रिया