फुटबलमा भुटान लाई हराउँदै नेपालले चुम्यो उपाधि

आज सम्पन्न नेपाल र भुटान बीचको खेल नेपालले २-१ ले आफ्नो कब्जामा पार्दै ऐतिहासिक सफलता पाएको छ ।

खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले दोश्रो गोल गरेका थिए । दशरथ रंगशालामा नेपाल र भुटानबीचको खेलमा नेपालका तर्फबाट ५३ औं मिनेटमा सुनिल बलले गोल गरेका हुन् । यसअघि नेपालकै अभिषेक रिजालले १६ औं मिनेटमा पहिलो गोल गरेका थिए ।

खेलेको ३६ औं मिनेटमा भुटानका तर्फबाट छेन्जो ग्याल्जेनले जवाफी गोल फर्काएका थिए ।

राउन्ड रोविन लिगमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । नेपालले ४ खेलबाट १० अंक हासिल गर्दा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको भुटानले ९ अंक हासिल गरेको थियो । सागको जारी संस्करणमा नेपाल र भुटानबीच दोस्रो पटक प्रतिश्पर्धा भएको हो । अघिल्लो खेलमा नेपालले भुटानमाथि ४–० को जित हासिल गरेको थियो ।

प्रतिक्रिया