बाग्लुङकी खड्का मिस एरो चितवनमा सेकेण्ड रनर अप

चितवनमा भर्खर सम्पन्न मिस एरोमा चितवन २०१९ को उपाधि नारायणगढकी एडेरा श्रेष्ठले जितेकी छिन ।

१६ बर्षिया श्रेष्ठ अहिले अर्किड उच्च मावि भरतपुर, कक्षा ११ मा अध्ययनरत रहेकि छिन। एडेराले मिस एरोमा चितवन २०१९ को उपाधि संगै यहि डिसेम्वर १३ बाट भारतको नयाँ दिल्लिमा आयोजना हुने मिस टिन इन्टरनेशनलमा नेपालको तर्फवाट प्रतिनिधित्व गर्ने भएकि छिन ।

प्रतियोगितामा फष्ट रनर अप बाग्लुङ नगरपालिका ८ सिगाना हाल घर भएकी रत्ननगर नगरपालिका ९ चितवन टाडीकी सविना खड्का र सेकेण्ड रनर अप नवलपुर गैडाकोटकी बिपना आले मगर भएकी छिन ।

बाग्लुङकी खड्का बाग्लुङमा सम्पन्न मिस बाग्लुङ २०१८ को नि फर्स्ट रनर अप भएकी थिइन । छोरी उपविजेता भए पछि खुसी ब्यक्त गर्दै खड्काका बुबा हेमन्त खड्काले छोरीको सफलताले आफु हौसिएको बताउनु भयो ।

प्रतिक्रिया