• गृहपृष्ठ /
  • Breaking News ,
  • अन्तर्राष्ट्रिय ,
  • मुख्य खबर ,
  • समाचार

हैदरावाद बलात्कार काण्डः चार अभियुक्त प्रहरी मुठभेडमा मारिए

दक्षिण भारतको हैदराबादमा एक पशु चिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार अभियुक्त प्रहरी मुठभेडमा मारिएका छन्।

हैदराबादबाट पचास किलोमिटर टाढा महबूब नगर जिल्लाको चटनपल्ली गाउँमा आज विहान भएको मुठभेडमा उनीहरुको मृत्यु भएको हो। गएराति चारै अभियुक्तलाई प्रहरीले बलात्कारपछि हत्या गरिएकी महिला डाक्टरको शव जलेको अवस्थामा बरामद भएको ठाउँमा लगेको थियो।

त्यहाँ अभियुक्तहरुले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि गोली प्रहार गरिएको तेलंगाना प्रहरीले जानकारी दिएको छ। गत साता २६ बर्षिया एक चिकित्सकको बलात्कारपछि हत्या गरिएको अभियोगमा उनीहरु पक्राउ परेका थिए।

चारैजनालाई बुधबार प्रहरी हिरासतमा राखिएको थियो। पशुचिकित्सकको बलात्कारपछि हत्या भएको विषयमा भारतमा निरन्तर प्रदर्शन हुँदै आएको छ। उनीहरुलाई मृत्युदण्ड दिनुपर्ने माग सडकदेखि सडनसम्म उठिरहेको थियो।

अपराधबारे पछिल्ला सरकारी तथ्यांकमा सन् २०१७ मा भारतभर प्रहरीले ३३ हजार ६ सय ५८ बलात्कारको घटना भएको देखिएको छ। भारतमा प्रत्येक दिन ९२ जना महिला बलात्कारमा पर्ने गरेका छन्।

प्रतिक्रिया