एकान्तकुनमा रोकिराखेको ट्रकमा स्कुटर ठोक्कियो, दुई जनाको मृत्यु

काठमाडौं । ललितपुरको सातदोबाटोबाट कलङ्की जाँदै गरेको स्कुटर अनियन्त्रित भई बिग्रिएर रोकिराखेको ट्रकसँग ठोक्किन पुग्दा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना पुरुष र एकजना महिला रहेका छन् ।

तीब्र गतिमा रहेको ब८७प२२८५ नम्बरको स्कुटर एकान्तकुनास्थित सडकको किनारामा रोकिराखेको ना८ख२८२६ नम्बरको ट्रकसँग अनियन्त्रित भई ठोक्किन पुगेको हो । महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रका अनुसार स्कुटर चालक २४ वर्षीय पावल साउद हुन भने महिलाको पहिचान भएको छैन् ।

स्कुटरमा सवार उनीहरुको उपचारको क्रममा बीण्डबी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त मिश्रले जानकारी दिए ।

प्रहरीले प्यूठान गौमुखी गाउँपालिका–२ घर भएका ४५ वर्षीय ट्रक चालक नरेन्द्र बुढालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया