गुल्मीबाट निसिखोला जाँदैं गरेको जीप दुर्घटना, १४ जनाको घटनास्थलमै मृत्यु

गुल्मीबाट कुलपुजाको लागि बागलुङको देविस्थान जाँदै गरेको जिप दुर्घटनाका मृतकहरुको नाम खुलेको छ । मंगलबार बिहान ग १ ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिका–७ घोपर्नामा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जनतासमाचारलाई जानकारी दिनुभयो ।

जिपमा सवार १८ मध्ये ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा एक जना पुरुष, एक जना महिला र एक जना शिशु घाइते छन् । उनीलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ ।

मृत्यु हुनेहरु
– रेशम थापाचालक, २५ वर्षीय, गुल्मी इस्मा गाउँपालिका-५
-माया थापा, २३ वर्षीया, गुल्मी इस्मा गाउँपालिका-५

-वसुन्धरा कार्की, ४० वर्षीय, इस्मा गाउँपालिका-५
– झुमा कार्की, नवलपरासी वर्दघाट
– लक्ष्मी केसी, ५५ वर्षीय, बागलुङ बडिगाड-५
– सीता कार्की, ४० वर्षीय इस्मा -५ गुल्मी
– तुलसी कार्की, इस्मा
– भूमि कार्की ४५ वर्षीय, इस्मा
– मीना कार्की २५ वर्षीय, इस्मा गुल्मी
– धनबहादुर कार्की इस्मा गुल्मी
– झवि कार्की, ४० वर्षीय, इस्मा गुल्मी

–सुचना कार्की

–अन्दाजी ५ वर्षीय बालिकासहित एकजनाकाे परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूकाे नाम

–जीवन कार्की, नवलपरासी वर्दघाट

–नीमा कार्कीखत्री, राेल्पा घर इस्मा माइती

–हिमाल कार्की, इस्मा गुल्मी

प्रतिक्रिया