१३ औँ सागको भव्य उद्घाटन

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आइतबार साँझ एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ ।

दशरथ रंगशालामा आयोजित सो विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी हुन् ।

तीन घण्टा १४ मिनेट लामो उद्घाटन सत्रलाई नेपालको कला, संस्कृति र प्राकृतिक सौन्दर्यको झलकका रुपमा प्रस्तुत गरिएको थियो । सागको उद्घाटन र समापन समारोहको बजेट मात्र १५ करोड रुपैयाँ रहेको छ । साग आयोजनाका लागि नेपाल सरकारले ५ अर्ब २५ करोड लगानी गरेको छ ।

प्रतिक्रिया