काठमाडौँ - चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् ।
भरतपुर वडा नं. १ को मत गणना जारी रहदा दाहालले १३३ मत ल्याएकी छिन् भने, एमालेका विजय सुवेदीले १२७ मत ल्याएका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पाैडेलले ४१ मत ल्याएकाे छ ।
उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १६२ र राप्रपाका हिमला गुरुङले ९१ मत पाएकी छिन ।