काठमाण्डौ । साताको पहिलो दिन आईतबार नेप्से ठुलो अंकले घटेर समग्र बजार समेत विगत एक बर्ष यताकै न्युन विन्दुमा आएको छ । विना कारण घटिरहेको बजारले नयाँ लगानीकर्ताहरुलाई भने आत्तिने बनाएको छ ।
दिनै भरि रातो भएको बजार बन्द हुने बेला सम्म ८९ अंकले घटेर समग्र बजार २३६१ विन्दुमा आएको छ । नेप्सेसँगै कारोबार रकम पनि सन्तोषजनक छैन । आज ३ अर्ब १९ करोड हाराहारीको कारोबार भएको छ । आज शेयर खरिद विक्री भएका मध्य ५ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने बाँकी सबै कम्पनीहरुको शेयर मूल्य घटेको छ ।
मञ्जुश्री फाइनान्सको सबै भन्दा धेरै शेयर खरिद विक्री हुँदा वीमा समूहका उपसूचक सबै भन्दा धेरै घटेको छ । बजार निरन्तर ओरालो लागेर विगत एक बर्ष यताकै न्युन विन्दुमा आएको छ । बजार घट्नुमा शेयर धितो कर्जा र तरलता अभावलाई मूख्य रुपमा लिइएको छ ।