फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा बढ्यो

काठमाडौं । माघ लागेसँगै कम्पनीहरुले आफ्नो दोस्रो तैमासिक वित्तीय विवरण सार्वजनिक गरिरहेका छन । यसै विच फर्स्ट माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

सार्वजनिक वित्तीय विवरणअनुसार यसको खुद नाफा ३८।११५ ले बढेको छ । गत वर्ष ७ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको यसले यो त्रैमासमा बढाएर १० करोड ४४ लाख रुपैयाँ पुर्याएको छ । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो । 
 
कम्पनीले खुद ब्याज आम्दानी ५०।४५ र सञ्चालन नाफा ४५।११५ ले बढाउन सफल भएको छ । पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ९६ करोड ४४ लाख ९२ हजार रुपैयाँ र जगेडा कोषमा १५ करोड २४ लाख रुपैयाँ छ । एक वर्षको अवधिमा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३२ पैसाले बढेर २१ रुपैयाँ ६६ पैसा कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३४ पैसा थियो । यसको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ३७ पैसा छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय