मंगलबार सामान्य करेक्सन मात्र हो अब बजार फेरि आक्रामक बढ्छ

काठमाडौं - निरन्तर उकालो लागेको शेयर बजार मंगलबार भने सामान्य करेक्सन आयो । अघिल्लो हप्ता बुधबार घटेको बजार त्यस यता मंगलबार मात्र घटेको हो । 

हिजोको बजार १० अंकले बजार घटेको छ भने कारोबार रकम भने ८ अर्ब पुगेको छ । हिजो वाणिज्य बैंकमा लगानीकर्ता आकर्षित भएको देखियो भने अन्य क्षेत्र सामान्य घट्यो । 

यो बेला धेरैको प्रश्न छ के बजार अब निरन्तर घट्ने हो त ? शेयर बजार विश्लेषण गर्ने निर पाण्डे अहिलेको घटाई नाफा सुरक्षित गर्ने हरुले गर्दा केही घटेको र बजार एकोहोरो घट्ने कुनै संकेत नदेखिएको उहाको भनाई छ । 

माघ महिना शेयर बजारका लागि निकै राम्रो खबरहरु आइरहेका छन् । हामीले अब all time high विन्दु माघ महिना भित्र सम्म पार गर्ने देखिन्छ । पाण्डेको भनाइ छ । 

अहिले बजार नघट्ने केही कारण यस्ता छन् - 

१.नेपालको अर्थतन्त्र तरलता अभावको चपेटामा परेको छ । बैंकहरुले ऋण दिन नसक्ने अवस्थामा थिए तर पुस लागेसँगै यो समस्या बिस्तारै समाधान हुन लागेको छ । सिडी रेसियो ९० प्रतिशत भन्दा तल आएको छ भने लगानी योग्य रकम बढेको छ । यसको प्रत्यक्ष असर बजारमा देखिएको छ । 

२.शेयर बजारमा रौनक आउने अर्को कारण हो कोरोना को नयाँ भेरियन्ट । आईतबार सिसिएमसीले गरेको निर्णय अनुसार नेपालमा स्मार्ट लक डाउन सम्मको परिकल्पना गरेको छ । विगतमा कोरोना संक्रमणको समयमा लक डाउन हुँदा शेयर बजारमा उछाल आएको हुँदा यो पटक पनि अन्य क्षेत्र ठप्प हुँदा सबै पैसा र ध्यान शेयर बजारमै आउने आस धेरै लगानीकर्तालाई छ सोही कारणले पनि शेयर बजारमा उत्साह फर्किएको छ । 

३. देशमा स्थानिय तहको चुनाव पनि आएको छ । चुनावमा प्राय शेयर बजार हरियो हुने विगतको रेकर्ड छ । आउँदै गरेको स्थानीय निकायको चुनावले पनि बजारलाई रौनक सिर्जना गर्न केही भूमिका खलेको धेरैको बुझाई छ । 

४. माघ महिनाको लागि बैंकहरुले ब्याजदर स्थिर राखेपछि यसको फाइदा शेयर बजारमा पर्ने विश्वास लिइएको छ । 

५.प्राय यस अघि पुस महिनामा बजार केही दबाबमा आउने गरे पनि यो पटक चाहिँ बजार पुस अन्तिम साता नैं राम्रो बढ्यो । अब माघ लागिसकेको हुँदा बजार घट्नु पर्ने कुनै कारण छैन । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय