भरतपुरमा रेणु दाहाललाई ५८ मतले पछिपार्दै प्रतिस्पर्धी विजय सुवेदी

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका विजय सुवेदी आफ्ना निकटतम प्रतिस्पर्धी रेनु दाहालभन्दा ५८ मतले अगाडि छन् । १३ हजार ९३० मत गणना हुँदा सुवेदीले ४ हजार ७२७ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रकी दाहालले ४ हजार ६६९ मत पाएकी छन् ।

महानगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २११४ मत पाएका छन् । यस्तै, उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ५ हजार ५५७ मत पाएर अग्रता हासिल गरेका छन् भने राप्रपाकी हिमला गुरुङले ३ हजार ७६४ मत पाएकी छन् ।

प्रतिक्रिया