काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा सबैमाझ लोकप्रिय नाम हो सम्झना भण्डारी । एक दशकभन्दा लामो समयदेखि यस क्षेत्रमा सक्रिय भण्डारीका दर्जनौँ चर्चित गीतहरू सार्वजनिक भइसकेका छन् । अझ उनी र पशुपति शर्माको सहकार्यमा बनेका गीतहरू दर्शक–श्रोताले धेरै मन पराउने गरेका छन् ।
त्यही जोडीको आवाजमा नयाँ गीत ‘यही हो बाटो पोखरा जानी’ भर्खरै मात्र सार्वजनिक भएको छ । गीतमा पशुपति शर्माको लय तथा शब्द सिर्जना रहेको छ भने सम्झना भण्डारी र पशुपति शर्माको स्वर सुन्न सकिन्छ । गीतमा दुई गायक–गायिकाको दमदार अभिनय समेत देख्न सकिन्छ । माया–प्रेमलाई विषय बनाएर तयार पारिएको सो गीतको अडियो र भिडियो दुवै पक्ष निकै उत्कृष्ट रहेको छ ।
कृष्ण केसीको संगीत संयोजन रहेको सो गीतको म्युजिक भिडियो जेरी भण्डारीले निर्देशन गरेका छन् । उक्त गीत सम्झना भण्डारीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । छोटो समयमै गीतलाई दर्शक–श्रोताले मन पराएका छन् ।