काठमाडौ - प्रभु बैंक (PRVU) ले क्यापिटल मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने भएको छ ।
भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट ग वर्गको वित्तीय कारोबार गर्न इजाजत प्राप्त क्यापिटल मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा गरिएको प्रारम्भिक समझदारीपत्र अनुमोदन गर्ने निर्णय भएको बैंकले जनाएको छ ।