काठमाडौं — बागलुङ गैरागाउँ काठमाडौं विश्वकर्मा समाजको विशेष अधिवेशन काठमाडौंस्थित काभेरी इन होटेल, बसुन्धारामा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत निर्णयबाट सरोज विश्वकर्मालाई अध्यक्ष चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको छ।
२०७७ सालमा स्थापना भएको समाजले बागलुङको गैरागाउँमा शिक्षा, स्वास्थ्यलगायतका सामाजिक क्षेत्रमा उल्लेखनीय भूमिका खेलेको छ। कार्यक्रमका प्रमुख अतिथि समाजका संरक्षक तथा संस्थापक अध्यक्ष रामकृष्ण विश्वकर्मा र निवर्तमान अध्यक्ष सूर्यप्रसाद विश्वकर्मा रहेका थिए।
नवनिर्वाचित अध्यक्ष सरोज विश्वकर्माले सबैप्रति आभार प्रकट गर्दै समाजका उद्देश्यअनुसार शिक्षा र स्वास्थ्यमा अझै प्रभावकारी कार्यक्रम अघि बढाउने प्रतिवद्धता जनाए। उनले काठमाडौंमा बसोबास गर्ने सदस्यहरूलाई आपतकालीन समयमा सहयोग पुर्याउने कार्य योजना पनि अघि सारे।
संरक्षक रामकृष्ण विश्वकर्माले नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गर्दै युवाको सक्रियताले समाजलाई "रकेटको गतिमा" अघि बढाउने उल्लेख गरे। उनले समाजलाई गुट–उपगुट र राजनीति मुक्त राखेर शुद्ध सेवाभावमा आधारित बनाइराख्न आग्रह गरे।
अधिवेशनमा समाजका पूर्वअध्यक्ष नारायण विश्वकर्मा, प्रमुख निर्वाचन अधिकृत धनकाजी विश्वकर्मा, महासचिव राम विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो। प्रमुख निर्वाचन अधिकृतले नयाँ कार्यसमिति सदस्यहरूलाई सपथ ग्रहण गराए।
अध्यक्ष : सरोज विश्वकर्मा
उपाध्यक्ष : राम विश्वकर्मा
सचिव : किसन विश्वकर्मा
कोषाध्यक्ष : रमेश विश्वकर्मा
सदस्यहरू :सचिन विश्वकर्मा, प्रविन विश्वकर्मा, सरस्वती विश्वकर्मा (महिला सदस्य), किशोर विश्वकर्मा, कृष्ण विश्वकर्मा